वेस्ट इन्डिजका पूर्व स्पीनर रामाधिनको निधन

काठमाडौं । वेस्ट इन्डिजका पूर्व स्पीन बलर सोनी रामाधिनको ९२ वर्षको उमेरमा आईतबार निधन भएको छ ।
रामाधिनले टेस्ट क्रिकेटमा अर्का स्पीनर आल्फ भ्यालेन्टाइनसँग मिलेर टेस्ट क्रिकेटमा चर्चित साझेदारी गरेका थिए ।
सन् १९५० मा घरेलु टोली इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज ३–१ ले जित्दा रामाधिन र भ्यालेन्टाइनले मिलेर ५९ विकेट हात पारेका थिए ।
इग्ल्यान्डविरुद्ध लर्डसमा वेस्ट इन्डिजले पहिलो टेस्ट जित्दा रामाधिनले १ सय ५२ रन खर्चिएर ११ विकेट लिएका थिए ।
१० वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रामाधिनले ४३ टेस्ट खेलमै १ सय ५८ विकेट हात पारेका थिए ।
उनले टेस्टको एउटै इनिङ्समा ४९ रन खर्चेर ७ विकेट हात पारेका थिए ।
रामाधिनले १० पटक एउटै इनिङ्समा ५ विकेट समेत लिएका थिए ।
वेस्ट इन्डिजका लागि खेलिसकेपछि रामाधिन इग्ल्यान्डमा बसोबास सुरु गरे तथा लाङकासायर लिग समेत खेले ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

