उपाधिका लागि एपीएफ र सुदुरपश्चिम भिड्दै
आइतबार, फागुन १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी-ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज सोमबार हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ ।
आज दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ।
पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । एपीएफले ४ खेलमा ४ जितसहित ८ अंक जोडेको थियो ।
सुदुरपश्चिमले ४ खेलमा ३ जितसंहि ६ अंक जोड्यो । र, दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।
गत वर्ष पनि फाइनलमा एपीएफ र सुदुरपश्चिम भिडेका थिए । त्यस फाइनलमा सुदुरलाई ८ विकेटले हराएर एपीएफले उपाधि जितेको थियो ।
उपाधिका लागि एपीएफ र सुदुरपश्चिम भिड्दै






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

