इलाम । प्रथम देउमाई गोल्डकपको उपाधि हेलिबोथ एफसी बिब्ल्याँटे इलामले जितेको छ ।
भेनस एफसीलाई टाइब्रेकरमा पराजित गर्दै हेलिबोथले उपाधि रक्षा गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले १द्द१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
खेलमा अग्रता हेलिबोथले लिएको थियो । पहिलो हाफको २३औँ मिनेटमा हेलिबोथका सुमन धमलाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर, इन्जुरी समयको एक मिनेट सम्हालिन नसक्दा भेनसले बराबरी गोल गरेर खेलमा फर्किएको हो । भेनसका लागि शेखर राईले बराबरी गोल गरे। सचिन यल्मोले फ्रिकिकबाट मिलाइदिएको पासमा शेखरले गोल गरेका हुन् ।
टाइब्रेकरमा हेलिबोथ भाग्यमानी सावित बन्यो । भेनसका कप्तान कुशल गुरुङ र शौरभ कार्कीको प्रहार बाहिरिएको थियो भने सचिन यल्मो र सुसन कार्कीको प्रहारमात्र गोलमा परिणत भयो ।
हेलिबोथका लागि केशव गुरुङ, प्रदिप विष्ट, अनिष थापा र अनमोल राईको प्रहार गोलमा परिणत हुँदा नगद १ लाखसहित ट्रफी उचाल्न सम्भव भएको हो ।
उपविजेता भेनसले ५० हजार प्राप्त गर्न सफल रहयो ।
युनाइटेड देउमाई युथ क्लबको आयोजनामा भानुभक्त माविको छात्रावास खेल मैदानमा आयोजित गोल्डकपमा ८ टोली सहभागी थिए ।