काठमाडौं । श्रीलंकाको राष्ट्रिय फुटबल टिमका डिफेन्डर डक्सन पुस्लासको मृत्यु भएको छ ।
३१ वर्षीय डक्सनको शनिबार मृत्यु भएको हो ।
डक्सन उनी बस्ने अपार्टमेन्टमा मृत भेटिएको द टाइम्स अफ अद्दुले जनाएको छ।
उनको मृत्युको कारण खुलेको छैन । तर, उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
डिफेन्डर डक्सन क्लब भ्यालेन्सियाबाट श्रीलंकाको शीर्ष डिभिजनको लिग खेलिरहेका थिए ।
उनले यस अघि टिसी स्पोर्ट्सबाट खेलेका थिए ।
श्रीलंकाका लागि उनले १४ खेल खेलेका थिए ।
घरेलु मैदानमा आयोजना भएको साफ च्याम्पियनसिपमा उनी टिममा रहेका थिए ।