काठमाडौं । क्रिस्टियन एरिक्सन फेरि फुटबल मैदानमा फर्कनु आफैमा निकै भावनात्मक रह्यो ।
इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडविरुद्धको खेलको ५२ औं मिनेटमा उनी ब्रेन्टफोर्डका लागि सब्टिच्युट खेलाडीका रूपमा मैदान छिरे ।
क्लबका व्यवस्थापक थोमस फ्रान्कले सुरुमै एरिक्नसलाई खेलाउने वाचा गरेको थिए ।
त्यस अनुसार ‘कार्डियो एरेस्ट’ को २ सय ५९ दिनपछि उनी फेरि फुटबल खेल्न सफल रहे । युरो २०२० को क्रममा उनी यस अकल्पनीय दुर्घटनाको शिकार भएका थिए । तर उनको पुर्नआगनम एक प्रकारले मीठो भने रहेन, किनभने ब्रेन्टफोर्ड आफै न्युकासलका हातबाट २–० ले पराजित रह्यो ।

तर के यो नतिजामै सीमित खेल मात्र थियो त ? पक्कै थिएन् । एरिक्सनको पुर्नआगमन खासमा सबै खाले खेल र त्यसको नतिजा भन्दा पनि माथि थियो ।
जति बेला उनी मैदानमा छाए, ब्रेन्टफोर्डको पूरा रंगशालामा सबैमाझ ठूलै हर्ष छाएको थियो । यो कति ठूलो अवसर थियो भने न्युकासलका समर्थकले पनि उनको मैदान प्रवेशमा उत्तिकै खुसी मनाए ।
खेलपछि एरिक्सनले भने, ‘खेलको नतिजालाई छाडेर म खुसी छुं ।’ खासमा खेलकुदमा नतिजा मात्र सबथोक होइन नै ।
–बीबीसीको सहयोगमा
