बायर्नलाई ९ अंकको अग्रता
आइतबार, फागुन १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले फ्रान्कफुर्टलाई १-० गोल अन्तरले हराएको हो ।
बायर्नलाई जित दिलाउन लोरी सानेले निर्णायक गोल गरे ।
उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै बायर्नले २४ खेलमा ५८ अंक जोडेको छ ।
बायर्नले बोरुसिया डर्टमण्डविरुद्ध ९ अंकको अग्रता बनाएको छ ।
दोस्रो स्थानको डर्टमण्डको ४९ अंक रहेको छ ।
फ्रान्कफुर्ट ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
बायर्नलाई ९ अंकको अग्रता







-1762856022963.jpg&w=3840&q=75)





