काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले इम्पोलीलाई हराएको छ ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको ३२ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा जुर्कोवास्कीले गोल गर्दै इम्पोलीलाई १-१ को बराबरीमा ल्याए ।

खेलको ४५ औं मिनेटमा डुसन भ्लाहोविचले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।
७६ औं मिनेटमा आन्द्रे ला मान्टियाले गोल गरेपछि इम्पोलीले खेल २-२ को स्थितिमा ल्यायो ।
त्यसपछि खेलको ६६ औं मिनेटमा डुसंले गोल गर्दै युभेन्ट्सलाई ३-२ को जित दिलाए ।
यस जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेको छ ।
युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।
इम्पोली ३१ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।