रियलको जितमा बेन्जिमाको निर्णायक गोल
आइतबार, फागुन १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई १-० गोल अन्तरले हराएको हो ।
रियललाई जित दिलाउन करिम बेजिमाले निर्णायक गोल गरे ।
बेन्जिमाले खेलको ८३ औं मिनेटमा जुनियरको पासमा गोल गरे ।
यस जितसँगै रियलले २६ खेलमा ६० अंक जोडेको छ ।
रियलले दोस्रो स्थानको सेभियामाथि ९ अंकको अग्रता बनाएको छ ।
भालेकानो ३१ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
रियलको जितमा बेन्जिमाको निर्णायक गोल







-1762856022963.jpg&w=3840&q=75)





