काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई ४-० गोल अन्तरले हराएको हो ।
खेलको दशौँ मिनेटमा माट दोहेर्टीले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।
डिजेन कुलुसेभ्सकीले १५ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २-० को अग्रता दिलाए ।
खेलको २७ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ४-० को जित दिलाए ।
यस जितसँगै टोटेनहमले २५ खेलमा ४२ अंक जोडेको छ ।
टोटेनहम सातौं स्थानमा रहेको छ ।
लिड्स २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।