भक्तपुर एफसीलाई उपाधि

काठमाडौ । भक्तपुर कप फुटबलको उपाधि भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी) ले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा भक्तपुर एफसीले आयोजक भक्तपुर युवा टिमलाई पेनाल्टीमा ३-१ गोलको अन्तरले पराजित गरेको हो ।
पेनाल्टीमा भक्तपुर एफसीका दीपेन्द्र माझी, अजय चौधरी र उदिप्त चौधरीले गरे ।
आयोजकका सुजन गोसाईले मात्र गोल गर्न सफल भए ।
उपाधिसँगै भक्तपुर एफसीले १ लाख १५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाए । दोस्रो भएको आयोजक भक्तपुुर युवा टिमले ५५ हजार नगद प्राप्त गरेका छन् ।
प्रतियोगितामा एफसी रेले अनुशाशित टिम, उदयीमान खेलाडी भक्तपुर एफसी क्वलका जानमी धामी, म्यान अफ द म्याच भक्तपुर एफसी क्लबका रुविन वोगटी, वेष्ट गोल किपर भक्तपुर एफसीको रविन वोगटी, वेष्ट मिड फिल्डर भक्तपुर युवा टिमका विकास लामा, वेष्ट डिफेन्डर भक्तपुर युवा टिमका सविन खड्का, बेष्ट प्लेयर अफ म्याच भक्तपुर युवा टिमका किशोर सुवाल, वेष्ट कोच भक्तपुर एफसीको रवि कवां चुनिए ।
उनीहरुलाई संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका १६ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता फागुन ६ गतेदेखि सुरु भएको थियो । प्रतियोगिता फागुन ६ गतेदेखि सुरु भएको थियो ।
प्रतियोगिताको पहिलो पुरस्कारका लागि लक्ष्मण अवाल र प्रविण कुस्माले संयुक्त रुपमा नगदको व्यवस्था गरिदिएका थिए । त्यस्तै दोश्रो पुरस्कार ५५ हजारका लागि शिखर इन्स्युरेन्स कम्पनी लिमिटेडले सहयोग गरेको थियो ।
त्यस्तै प्रतियोगिताका लागि भक्तपु इटा उद्योग व्यवसायी संघ, भक्तपुर टक व्यवसाय प्रालि, भक्तपुर नगरपालिका, ख्व्प अस्पताल, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीएस ऐग टाइ, गोर्खा इको प्यानललगायले सहयोग गरेको आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

