काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारबाट सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीचको खेलसँगै लिग सकिएको हो ।
अन्तिम खेलमा मछिन्द्रले एपीएफलाई २-१ ले हराएको छ ।
यस सिजनको लिगको उपाधि मछिन्द्रले जितेको छ । मछिन्द्रले लगातार दोस्रो पटक लिगको उपाधि जितेको हो ।
उपाधिसँगै मछिन्द्रले ७५ लाख नगद प्राप्त गरेको छ ।
यस्तै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थान हासिल गर्यो । यस्तै न्युरोड टिम एनआरटीले तेस्रो स्थान हासिल गर्यो ।
उपविजेता बनेको आर्मीले ५० लाख प्राप्त गर्दा तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।
ए लिगको डेब्यु क्लब सातदोबाटो युथ क्लब चौंथो र मनाङ मर्स्याङ्दी क्लब पाँचौं स्थानमा रह्यो ।
यस सिजन च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झरेको छ ।