काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४२ औं मिनेटमा अविशेक गुरुङले गोल गर्दै मछिन्द्रलाई १-० गोलको अग्रता दिलाएका हुन् ।
आन्द्रेस नियाको पासमा पेनाल्टी बक्सको ठिक भित्रबाट अविशेकले गोल गरे ।
आज दुबै टिम जित निकाल्दै लिगको सुकह्द अन्त्य गर्न चाहन्छ ।
मछिन्द्र १२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।