काठमाडौं । त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ ।
आफ्नो अन्तिम लिग खेलमा शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान हासिल गरेको हो ।
लिगमा तेस्रो स्थान हासिल गरेपछि आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने खुशी देखिएनन् ।
न्यौपानेले च्याम्पियन बन्ने लक्ष्य पूरा नभएको बताए ।
'लक्ष्य लिग च्याम्पियन हुने थियो । त्यो हुन सकेन । आगामी सिजन आशा गरौँ,' उनले खेलपछि भने ।
प्रशिक्षक न्यौपानेले खेलाडीको चोटको कारण लिगमा सोचेअनुसार नभएको बताए ।
'खेलाडी चोटले गर्दा हामीलाई गार्हो भयो । त्यसैले स्टेबल खेल्न सकनौं । अन्य टिमको खेल बिग्रदा हामी सेकेण्डमा छौँ,' उनले थपे ।
प्रशिक्षक न्यौपानेले अपराजित भएकोमा खुशी व्यक्त गरे ।