एनआरटीविरुद्ध पुलिसलाई अग्रता
शनिबार, फागुन १४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको हो ।
पुलिसका रबि शंकर पासवानको सशक्त प्रहार क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरे ।
आज दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् ।
एनआरटी २० अंक जोडेर चौंथो स्थानमा रहेको छ । पुलिस १२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
एनआरटीविरुद्ध पुलिसलाई अग्रता






-1762997834781.jpeg&w=3840&q=75)






