काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीविरुद्ध मनाङले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ४५ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् ।
आर्मी र मनाङ आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छन् ।
आर्मी १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ १२ खेलमा २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ।