साउथह्याम्पटनको सहज जित
शनिबार, फागुन १४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २-० गोल अन्तरले हराएको हो ।
साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र ओरिओल रोमेउले एक एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा रोमेउले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
जितसँगै साउथह्याम्पटनले २६ खेलमा ३५ अंक जोडेको छ ।
साउथह्याम्पटन लिगको नवौं स्थानमा रहेको छ ।
नर्विच १७ अंक जोडेर पुछारमा रहेको छ ।
साउथह्याम्पटनको सहज जित






-1762997834781.jpeg&w=3840&q=75)






