काठमाडौं । इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलान बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा इन्टरले जिनोआसँग गोलरहित बराबरी खेलेको हो।
जिनोआको मैदानमा पाएको मौकामा गोल गर्न नसक्दा इन्टर बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

इन्टरले २६ खेलमा ५५ अंक जोडेको छ । इन्टर दोस्रो स्थानमा रहेको छ ।
एसी मिलान २७ खेलबाट ५७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
जिनोआ १७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।