काठमाडौं । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले सन् २०२२ को फिफा विश्वकपपछि टिम छाड्ने भएका छन् ।
६० वर्षीय प्रशिक्षक टिटेले विश्वकपपछि ब्राजिलको मुख्य प्रशिक्षक पद छाड्ने बताएका छन् ।
प्रशिक्षक टिटे र ब्राजिलबीच कतार विश्वकपसम्मको सम्झौता रहेको छ । उक्त सम्झौतापछि टिटेले सम्झौता नवीकरण नगर्ने भएका हुन् ।
ब्राजिल कतार विश्वकपका लागि छनोट भईसकेको छ ।
सन् २०१६ बाट ब्राजिलियन टोली सम्हालेका टिटेले रुस विश्वकपमा ब्राजिललाई क्वाटरफाइनलसम्मको यात्रा तय गराएका थिए । क्वाटरफाइनलमा ब्राजिल बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
तर, टिटेको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो । गत संस्करणमा भने ब्राजिल उपविजेता बनेको थियो ।