शिवपुरी वडाकप फुटबल प्रतियोगिता सुरु
1645807563.jpg&w=3840&q=75)
शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
शिवपुरी गाउँपालिकाका ७ वटा वडाले भाग लिएको पहिलो दिनको खेलमा वडा २ र वडा ५ ले विजयी सुरुवात गरेका छन् ।
शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको पहिलो खेलमा वडा २ ले वडा ४ लाई २–० ले पराजित गरेको छ । वडा २ का लागि खेलको ३५ औं मिनेटमा अनमोल तामाङ र ५९ औं मिनेटमा मिङ्मार तामाङले गोल गरेका थिए । समूह ए मा रहेको वडा २ ले यस जितसँगै वडा ३ अंक जोडेको छ ।
त्यस्तै अर्को खेलमा वडा ५ ले वडा ३ लाई २–१ ले पराजित गर्न सफल भयो । वडा ५ का लागि खेलको ४६ औं मिनेटमा रोशन थापा र ६१ औं मिनेटमा शैलेन्द्र खड्काले गोल गरे । वडा ३ का लागि एक गोलको खेलको ७० औं मिनेटमा रमेश तामाङले गरे । जितसँगै समूह बी मा रहेको वडा ५ ले पनि ३ अंक जोडेको छ ।
त्यस्तै पहिलो दिनको अन्तिम खेलमा वडा ७ र वडा १ ले गोलरहित बराबरी खेलेका छन् ।







_1727591754-1766731628489.jpg&w=3840&q=75)




-1766743021282.jpeg&w=3840&q=75)

