काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतियोगिता तथा लिग निर्देशक सन्जिब मिश्रले राजीनामा फिर्ता लिएका छन् ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले लिग निर्देशक मिश्रले राजीनामा फिर्ता लिएको बताए ।
'हामीले उहाँसँग छलफल गरेका थियौं । आज उहाँले राजीनामा फिर्ता लिनु भएको छ,' तुलाधरले भने ।
लिग निर्देशक मिश्रले बिहीबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गरिएको राजीनामा पत्रमा व्यक्तिगत कारण देखाईएको थियो ।
तर, एन्फासँगको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।
एन्फाले २०७५ को असार २९ गते मिश्रलाई लिग निर्देशकमा नियुक्त गरेको थियो ।