काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल फ्रान्सको पेरिसमा आयोजना हुने भएको छ ।
युक्रेन र रुसबीचको द्वन्द्वको कारण च्याम्पियन्स लिगको फाइनल खेल पेरिसमा सारिएको हो ।
यस अघि च्याम्पियन्स लिगको फाइनल मे २८ मा रुसको सेन्ट पिटर्सवर्गमा हुने तालिका रहेको थियो ।
तर, रुस र युक्रेनबीच युद्द सुरु भएपछि खेल स्थल सारिएको हो ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार रूसमा फाइनल नहुने पुष्टि गरेको छ ।