मिडफिल्डर एकजनद्वारा सन्यास

काठमाडौं । संकटा क्लबका मिडफिल्डर एकजन मान तुलाधरले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार जावलाखेल युथ क्लबविरुद्धको खेलपछि तुलाधरले खेल जीवनबाट सन्यास लिएका हुन् ।
जावलाखेलविरुद्ध तुलाधर ८४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
खेलपछि संकटाका खेलाडीले उनलाई गार्ड अफ अनर दिएका थिए ।
एन्फा एकेडेमीको पहिलो ब्याचका तुलाधर पछिल्लो समय अष्ट्रेलियामा बस्दै आएका छन्।
उनी सन्यासकै लागि नेपाल आएका थिए ।
'दशरथ रंगशालामा खेल खेल्दै बिदाइ लिन पाउँदा खुशी लागेको छ,' सन्यासपछि उनले भने, '१० वर्षपछि खेल्न आएको हो । खेलेर बिदाइ हुन पाए । खुशी छु ।'
जारी लिग दर्ता भएर खेल्ने उनी एन्फा एकेडेमीको पहिलो ब्याचका एक्लो खेलाडी हुन् ।
तुलाधरले २०६० सालमा संकटाबाट खेल्दै ए डिभिजन लिगमा डेब्यु गरेका थिए ।
उनले अष्ट्रेलियाको युनाइटेड एफसीबाट लामो समय खेलेका थिए ।
तुलाधरले नेपालको यू-१९ र यू-२३ टोलीबाट खेलेका थिए ।







-1762856022963.jpg&w=3840&q=75)





