संकटा र जावलाखेलको बराबरी

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार जावलाखेल र संकटाले १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने जावलाखेलले बनाएको थियो । तर, त्यसलाई जावलाखेलले जोगाउन सकेन ।
खेलको १४ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । काउन्टरमा ओन्गुना जुनियरले सिक्स यार्ड बक्स नजिकै उपलब्ध गराएको पासमा सुनिलले गोल गरेका हुन् ।
तर, खेलको ६१ औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए । सुबाश गुरुङको कर्नरमा उनले हेडर मार्फत गोल गरे ।
यस बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंक जोड्यो ।
जावलाखेल दशौँ स्थानमा रहेको छ ।
संकटाले १३ खेलमा १६ अंक सहित सिजनको अन्त्य गरेको छ ।
संकटा सातौं स्थानमा रहेको छ ।







-1762856022963.jpg&w=3840&q=75)





