काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत अहिले ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन् ।
ब्रिगेड र थ्री स्टार जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ ।
ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड रेलिगेसनमा परिसकेको छ ।
थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।