काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत अहिले जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेलले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १४ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन्। काउन्टरमा ओन्गुना जुनियरले सिक्स यार्ड बक्स नजिकै उपलब्ध गराएको पासमा सुनिलले गोल गरेका हुन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।