काठमाडौं । थ्री स्टारले ए डिभिजनको इतिहासमा कुनै एक टिममाथि लगातार प्रभुत्वशाली खेल प्रदर्शन गरेको छ भने त्यो ब्रिगेड ब्वाइजमाथि पनि हो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शुक्रबार यिनै दुई भिड्दै छन् ।
यसपल्टको संयोग कस्तो पनि जुरेको छ भने यो खेल अगाडि नै ब्रिगेड ब्वाइज रेलिगेसनमा परिसकेको छ र कम्तीमा अहिलेको लागि यो उसको अन्तिम माथिल्लो डिभिजनको खेल हुनेछ ।
लिगका पछिल्ला पाँच संस्करणमा यी दुई टिमबीच तीन खेल भएकामा सबैमा थ्री स्टार विजयी रहेको छ ।
थ्री स्टार वर्ष ०७६ मा ३–१, वर्ष ०७५ मा ५–१ र वर्ष ०६८ मा २–० ले विजयी रहेको थियो ।
जारी लिगमा ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड रेलिगेसनमा परिसकेको छ ।
थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।