काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शुक्रबार जावलाखेल र संकटा भिड्दै छन् र लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने यी दुई टिम बराबरीको स्थितिमा छन् ।
पछिल्ला पाँच संस्करणका चार खेलमा तीन बराबरीमा टुंगेको छ । यी दुई टिमबीचको खेल वर्ष ०७६ १–१, वर्ष ०७० मा ०–० र वर्ष ०६९ मा पनि ०–० मा टुंगेको थियो ।
वर्ष ०७५ मा भने संकटा जावलाखेलमाथि २–० ले विजयी रहेको थियो ।
जारी लिगमा जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।