लेस्टर अन्तिम १६ मा
शुक्रबार, फागुन १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फरेन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगमा डेनिस क्लब रान्डर्सलाई ३-१ लाई हराउँदै समग्रमा ७-२ को जितसहित लेस्टरले अन्तिमम १६ मा स्थान बनाएको हो ।
लेस्टरलाई जित दिलाउन जेम्स म्याडिसनले दुई गोल गरे ।
हार्भे बर्नेसले एक गोल थपे ।
रान्डर्सका स्टेफेन ओडेले एक गोल फर्काए ।
पहिलो लेगमा लेस्टरले ४-१ को जित निकालेको थियो ।
लेस्टर अन्तिम १६ मा







-1762856022963.jpg&w=3840&q=75)





