काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर आर्सनलले जित निकालेको हो ।
खेलको दशौँ मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए ।

तर,खेलको ८२ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा उल्भ्सका जोसे साले आत्मघाती गोल गरेपछि आर्सनल २-१ ले विजयी भयो ।
यस जितसँगै आर्सनलले २४ खेलमा ४५ अंक जोडेको छ । आर्सनल पाँचौं स्थानमा रहेको छ ।
उल्भ्स ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।