लिग निर्देशक मिश्रद्वारा राजीनामा
बिहिबार, फागुन १२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतियोगिता तथा लिग निर्देशक सन्जिब मिश्रले पदबाट राजीनामा दिएका छन् ।
लिग निर्देशक मिश्रले बिहीबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गरिएको राजीनामा पत्रमा व्यक्तिगत कारण देखाईएको छ ।
मिश्रले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका हुन्।
सहिद स्मारक ए डिभिजन लिग सकिनै लाग्दा मिश्रको राजीनामा आएको हो ।
एन्फाले २०७५ को असार २९ गते मिश्रलाई लिग निर्देशकमा नियुक्त गरेको थियो ।
लिग निर्देशक मिश्रद्वारा राजीनामा







-1762856022963.jpg&w=3840&q=75)





