दिलिप स्मृति तेक्वान्दो भोलिदेखि
बिहिबार, फागुन १२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । दिलिप स्मृति प्रतिष्ठानको आयोजनामा पाँचौं दिलिप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न जिल्ला, डोजाङ र स्कुलका १ सय ७१ खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्री खत्रीले जनाएका छन् । पुरुषमा १२ र महिलामा ११ गरी १३ स्पर्धामा खेल हुने छ ।
दुईदिने प्रतियोगिताका खेलहरु काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा हुने छ ।
गत चारै संस्करणको उपाधि दिलिप स्मृतिले जितेको थियो । काठमाडौं बाहिरा पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।
दिलिप स्मृति तेक्वान्दो भोलिदेखि








-1753017726.jpeg&w=3840&q=75)
-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)
