यू-१८ महिला साफ : प्रशिक्षणमा ४० खेलाडी

काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतीले प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपाली टोलीले सोमबारबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा तयारी सुरु गरिसकेको छ ।
नेपाली टोलीको सहायक प्रशिक्षकमा भगवती थापा र श्री प्रकाश बैद्य गोलकिपर प्रशिक्षक रहेका छन् ।
भारतमा आयोजना हुने यू-१८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भईसकेको छ ।
भारतको जमशेदपुरमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ ।
दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ ।
यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।
शीर्ष टोलीले उपाधि जित्नेछ ।
नेपाली टोली -
सावित्री किशन, लिला जोशी, पुजा थापा, सानिमाया स्याङतान, रन्जित चौधरी, दिपिका कथारिया, सम्झना चौधरी, सबिना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, गङ्गा कुमारी चौधरी, कुमारी तामाङ, प्रिय बस्नेत, गोमा रोकाया, सिमा रावल, विपना स्नेही, प्रेणा डोल्मा लामा, दिव्या यास्माली मगर, मासाङ हिङडुंग, दिपा शाही, प्रतिक्षा राई, अनु राई, हिमा रावत, सरस्वती हमाल, प्रिती राई, सुस्मा जिटी, शुनकला राई, अन्जली मछामासी, तुलशा बोहरा, सराह बज्राचार्य, मनिषा शेन, जेनिफर राना, शरिश्मा थापा, सन्दिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, ममता पुन, मनमाया परियार, गरिमा राई, समिक्षा मगर












