हिमालयन र फ्रेन्ड्सको बराबरी

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो ।
खेलको ७३ औं मिनेटमा हिमालयनका दिवस उराउले आत्मघाती गोल गरेपछि फ्रेन्ड्सले १-० गोलको अग्रता बनाएको थियो । रोनिल एन्थोनी पाउलको फ्रि-किक हेडर मार्फत क्लियर गर्न खोज्दा दिवसले आफ्नै पोस्टमा गोल गरेका थिए ।
तर, खेलको ८९ औं मिनेटमा विशन गुरुङले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै हिमालयन र फ्रेन्ड्सले लिगको अन्त्य गरेको छ ।
हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । हिमालयन नवौं स्थानमा उक्लिएको छ ।
फ्रेन्ड्सले १३ खेलमा ११ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


