च्यासललाई हराउँदै सातदोबाटोको सुखद अन्त्य
बिहिबार, १२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले निर्णायक गोल गरे ।
खेलको सातौं मिनेटमा मार्टिन्सले गोल गरेका हुन् ।
यस जितसँगै सातदोबाटोले लिगमा सुखद अन्त्य गरेको छ । सातदोबाटो लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।
सातदोबाटोले १३ खेलमा २१ अंक जोडेको छ ।
च्यासलले भने हारबाट लिगको अन्त्य गरेको छ । र, बी डिभिजनमा घटुवा भएको छ ।
च्यासल १३ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।
च्यासललाई हराउँदै सातदोबाटो सुखद अन्त्य












