पहिलो हाफमा सातदोबाटोलाई अग्रता
बिहिबार, १२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले १-० गोलको अग्रता बनाएको छ ।
खेलको सातौं मिनेटमा मार्टिन्स अजयीले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका हुन् ।
च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ ।
सातदोबाटो १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । सातदोबाटो आज च्यासललाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।
पहिलो हाफमा सातदोबाटोलाई अग्रता





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


