पहिलो हाफमा हिमालयन र फ्रेन्ड्सको बराबरी
बिहिबार, १२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा हिमालयन र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् ।
हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा छन् ।
पहिलो हाफमा हिमालयन र फ्रेन्ड्सको बराबरी












