पूर्व क्रिकेटर मार्सलाई हृदयघात
बिहिबार, फागुन १२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाका पूर्व क्रिकेटर रोड मार्स गम्भिर हृदयघात भएपछि अस्पतालमा भर्ना भएका छन् ।
पूर्व विकेटकिपर मार्स अष्ट्रेलियाको बुन्डाबर्गमा बुल्स मास्टर्स च्यारिटी ग्रुपको कार्यक्रममा सहभागी हुन गएका थिए ।
बुन्डाबर्ग पुगेको केही समयमै उनलाई हृदयघात भएपछि आयोजकले अस्पताल पुर्याएको थियो ।
मार्सले अष्ट्रेलियाका लागि ९६ टेस्टमा ३ हजार ६ सय ३३ रन तथा ९२ एकदिवसियमा १ हजार २ सय २५ रन जोडेका थिए ।
मार्सले वेस्टर्न अष्ट्रेलियाका लागि ९७ फस्ट क्लब क्रिकेट खेलेका थिए ।
#रोड मार्स










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



