एएफसी एसियन कप छनोट : नेपाल समूह 'ए' मा
बिहिबार, १२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह 'ए' मा परेको छ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार सार्वजनिक गरेको 'ड्र' मा नेपाल समूह 'ए' मा परेको हो ।
नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।
एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
समूह विभाजन हेर्नुहोस् -
एएफसी एसियन कप छनोट : नेपाल समूह 'ए' मा





-1775383382132.jpeg&w=3840&q=75)

-1775358123713.webp&w=3840&q=75)


-1775312592574.webp&w=3840&q=75)


