ए डिभिजनमा च्यासलको अन्तिम खेल
बिहिबार, १२ फाल्गुण २०७८खेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक लिग ए डिभिजनमा ३९ खेलपछि बिहीबार च्यासलको रेलिगेसन औपचारिकता पूरा हुनेछ ।
वर्ष ०७६ मा उसको घटुवा यसअघि नै निश्चित भइसकेको थियो, त्यसैले यो कम्तीमा अहिलेका लागि ए डिभिजनमा अन्तिम खेल हुनेछ ।
तर संयोग कस्तो भने च्यासलले अर्को ललितपुर क्लब सातदोबाटोको सामना गर्दा त्यो यी दुई टिमबीचको पहिलो खेल हुनेछ ।
सातदोबाटो ए डिभिजनमा नवप्रवेशी रहेको स्थितिमा यो पहिलो भेट खासै सम्झनालायक हुने छैन् ।
सातदोबाटोको १२ खेलबाट १८ अंक छ भने च्यासल यत्तिकै खेल खेलेर खालि ६ अंकमा सीमित छ ।
च्यासलले वर्ष ०७५ मा पहिलो पटक ए डिभिजन खेलेको थियो र यसपल्ट उसले खेलेको यो ए डिभिजनको तेस्रो संस्करण रह्यो ।
ए डिभिजनमा च्यासलको अन्तिम खेल












