हिमालयनविरुद्ध अपराजित फ्रेन्ड्स
बिहिबार, १२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को दशरथ रंगशालामा बिहीबार हुने खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पाको सामना गर्दैछ ।
हिमालयनको १२ खेलबाट १३ अंक छ भने फ्रेन्ड्सले समान १२ खेल खेलेर १० अंक जोडेको छ ।
यी दुई टिमबीच अहिलेसम्म पाँच खेल भएका छन् र त्यसमा फ्रेन्ड्स अहिलेसम्म अपराजित छ ।
लिगका पछिल्ला पाँच संस्करणका यी खेलमा फ्रेन्ड्स दुई पल्ट विजयी रहेको छ भने बाँकी तीन खेल बराबरीमा टुंगेको छ।
वर्ष ०७५ र ०६९ मा फ्रेन्ड्स हिमालयनमाथि क्रमश: २–१ र १–० ले विजयी भएको थियो । वर्ष ०७६ र ०७० मा यी दुई टिमले गोलरहित बराबरी खेले ।
यस्तै वर्ष ०६८ को खेल १–१ को बराबरीमा रह्यो ।
हिमालयनविरुद्ध अपराजित फ्रेन्ड्स












