बर्नलीसँग हार्यो टोटेनहम
बिहिबार, फागुन १२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।
बुधबार राति भएको खेलमा टोटेनहम बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
बर्नलीलाई जित दिलाउन बेन मीले निर्णायक गोल गरे ।
उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।
यस हारसँगै टोटेनहमले २४ खेलमा ३९ अंक जोडेको छ ।
टोटेनहम आठौं स्थानमा रहेको छ ।
बर्नली २० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई ४-१ ले हराएको छ ।
हार्यो टोटेनहम







-1762856022963.jpg&w=3840&q=75)





