काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई ६-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा लिभरपुललाई फराकिलो जित दिलाउन मोहमद सलाह र साडियो मानेले २/२ गोल गरे । जोएल माटिप र भिर्गिल भान डाइकले १/१ गोल गरे ।
खेलको १५ औं मिनेटमा सलाहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३० औं मिनेटमा माटिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

खेलको ३५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ३-० ले अघि रह्यो ।
मानेले ८० औं मिनेटमा गोल गर्दै टिमको अग्रता ४-० को बनाए ।
९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ५-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा भान डाइकले गोल गर्दै लिभरपुललाई ६-० को जित दिलाए ।
यस जितसँगै लिभरपुलले २६ खेलमा ६० अंक जोडेको छ ।
दोस्रो स्थानको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ३ अंकले पछि रहेको छ ।
लिड्स २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।