काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडसँग बराबरी खेलेको छ ।
बुधबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब एट्लेटिकोसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको सातौं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८० औं मिनेटमा एन्थोनी एलंगाले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुने छ । खेल युनाईटेडको घरेलु मैदानमा हुनेछ ।

च्याम्पियन्स लिग अन्तर्गत नै अर्को खेलमा बेन्फिका र आयाक्सले २-२ गोलको बराबरी खेलेका छन् ।