रोहित आबद्द पर्सिजा बराबरीमा रोकियो
बुधबार, फागुन ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा पर्सिजाले बारिटो पुटेरासँग १-१ गोलको बराबरी खेलेको हो ।
पर्सिजाका लागि इरफान जाउहरीले सुरुवाती गोल गरेका थिए ।
तर, बारिटोका ब्रुनोले बराबरी गोल फर्काए ।
बारिटोविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए ।
यस बराबरीसँगै पर्सिजाले २६ खेलमा ३८ अंक जोडेको छ । पर्सिजा लिगको सातौं स्थानमा रहेको छ ।
बारिटो २६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
रोहित आबद्द पर्सिजा बराबरीमा रोकियो







-1762856022963.jpg&w=3840&q=75)





