इलाम । खेलको अतिरिक्त समयमा प्रदिप विष्टले निर्णायक गोल गरेपछि होलबोथ एफसी विब्ल्याटे इलाममा जारी प्रथम देउमाई गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
भानुभक्त माविको छात्रावास खेल मैदानमा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी ओएसिस एफसी इलामलाई १–० गोलअन्तरले पराजित गर्दै हेलिबोथ उपाधि होडमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । थप गरिएको १० मिनेटको अतिरिक्त समयको चार मिनेटमा विष्टले गोल गरेर टिमलाई फाइनलमा पुर्राए । थ्रो बलबाट पाएको ड्रप बललाई विष्टले एयरबाटै प्रहार गर्दै सिधै जाली चुमाएक थिए ।
निर्धारित समयमा दुवै टोलीले पाएको केही राम्रा अवसर खेर फालेका थिए । दुवै टोलीले गोल गर्न नसक्दा समर्थक निराश देखिन्थे । जितपछि हेलिबोथले कम्तिमा ५० हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दी म्याच हेलिबोथका गोलकर्ता प्रदिप विष्ट घोषित हुँदै नगद २ हजार पाउन सफल भए । यु
नाइटेड देउमाई युथ क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि पाँचथरको फिदिम स्पोर्टिङ क्लब र इलामको भेनस एफसी फिक्कलबीच अन्तिम सेमिफाइनल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी पाउनेछ ।