काठमाडौं । काठमाडौंका सहिद स्मारक ए डिभिजन क्लबलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ।
काठमाडौं महानगरपालिकाले बुधबार पाँच ए डिभिजन क्लबलाई १०-१० लाख सहयोग प्रदान गरेको हो ।
महानगरपालिकाले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटीलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले क्लबका पदाधिकारीलाई चेक हस्तान्तरण गरेका थिए ।
महानगरपालिकाले हरेक वर्ष आफ्नो क्षेत्रको क्लबलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।
महानगरले बी र सी डिभिजन क्लबलाई पनि चाडै सहयोग रकम प्रदान गर्ने जनाएको छ ।
बी डिभिजनका क्लबले ५ र सी डिभिजन क्लबले २ लाख पाउने छन् ।