काठमाडौं । इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालले नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङलाई अनुबन्ध गरिएको घोषणा गरेको छ ।
आईएसएल क्लब इस्ट बंगालले बुधबार सामाजिक संजालबाट अनन्तलाई अनुबन्ध गरिएको जनाएको छ ।
इस्ट बंगालले सेन्टर ब्याक अनन्तलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरिएको जनाएको छ ।
क्लबसँग सम्झौता गरेपछि अनन्तले आफु निकै खुशी रहेको बताए । उनले यो आफ्नो लागि गर्वको क्षण भएको बताए ।
'इस्ट बंगालमा सामेल हुन पाउँदा खुसी छु । म क्लबलाई सक्दो सहयोग गर्न तत्पर छु । यो मेरो लागि गर्वको क्षण हो,' उनले भने ।
अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए ।
तर, लिग नसकिदै अनन्त भारत गएका हुन् ।