बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पोखरा क्रिकेटको विजयी सुरुआत

शनिबार, २९ माघ २०७८खेलपाटी संवाददाता
पोखरा क्रिकेटको विजयी सुरुआत
Classic Tech Internet Ad

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारीय क्लब स्तरीय टी–२० लिग च्याम्पियनसिपमा पोखरा क्रिकेट क्लबले विजयी सुरुआत गरेको छ।

पोखरा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेल पोखरा क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई १५ रनले पराजित गर्यो ।  

टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट क्लबले २० ओभरमा १ सय २८ रन बनायो । अनिल गुरुङले ५८ रन बनाए । उनी अन्तिम ओभरमा क्याच भए ।

पोखरा क्रिकेट क्लबले ९ विकेटको क्षतिमा १ सय २८ रन बनाउने क्रममा अनिल बाहेक अन्य व्याटरको योगदान उल्लेख्य देखिएन् ।

सांग्रिलाका बलरतर्फ सुदिप पौडेल र राजु तामाङले ३/३ तथा  विपिन खत्रीले २ विकेट लिए ।

पोखराले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब १९.१ ओभरमा १ सय १३ रनमा समेटियो । सांग्रिलाका लागि विराट दवाडीले १६, विपिन खत्रीले १५ र अरुण अधिकारीले १३ रनको योगदान दिए ।

पोखरा क्रिकेट क्लबका बलर अनिष खड्काले ३ सुवास भण्डारीले २, अनिल गुरुङले २ विकेट लिए ।

प्रतियोगितामा पोखरा क्रिकेट क्लबका अनिल गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

संघको नयाँ नेतृत्वपछिको पहिलो कार्यक्रम अन्तर्गत क्लबस्तरीय टी–२० शनिबारीय लिग आयोजना गरेको हो ।

प्रतियोगिताको उदघाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले गरेका थिए । आगामी फागुन १४ गते शनिबार दुई खेल खेलाईने छ ।

प्रतियोगिता ९ हप्ता चल्ने छ । प्रतियोगितालाई व्यवसायिक संस्था वाईन किङले मुख्य प्रायोजन गरेको छ ।

१४ गते अरण्यज्योतिले कास्की क्रिकेट क्लबसँग र राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।  

कास्की जिल्ला क्रिकेट संघको अध्यक्ष सन्जयकान्त सिग्देलको अध्यक्षतामा भएको उदघाटन समारोहमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मण योगी, प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, संघका उपाध्यक्ष दिपेन्द्रप्रताप चन्द लगायतले सम्बोधन गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad
पोखरा क्रिकेटको विजयी सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

Bajaj Pulsar Motorcycle Ad
अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

 नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

अस्ट्रेलिया लाग्दै अरुणा

अस्ट्रेलिया लाग्दै अरुणा

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट