ओमानद्धारा नेपाललाई १३६ रनको लक्ष्य
शुक्रबार, माघ २८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ ।
अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो ।
ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे ।
९ दशमबल ३ ओभरमा ४ विकेट गुमाएर ५८ रन बनाएको ओमानको इनिङ्स उकास्न जिसन र मोहमदले पाँचौ विकेटका लागि ६१ रनको साझेदारी गरे ।
जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।
कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे ।
#NepalvsOman











-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)
