डेम्बेलेद्वारा सन्यास घोषणा
मंगलबार, २५ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । टोटेनहमका पूर्व मिडफिल्डर मौसा डेम्बेलेले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
३४ वर्षीय डेम्बेलेले मंगलबार सामाजिक संजालबाट खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
बेल्जियमका पूर्व मिडफिल्डर डेम्बेलेले चिनियाँ क्लब गोन्जाउ एभरगाडसँगको सम्झौता सकिएपछि सन्यास लिने घोषणा गरेको डेलीमेलले जनाएको छ ।
डेम्बेले २०१९ मा टोटेनहमबाट चिनियाँ सुपर लिग क्लब आएका थिए । उनले ३ वर्षको समझौता गरेका थिए ।
डेम्बेले फुलहमबाट सन् २०१२ मा टोटेनहम आएका थिए ।
डेम्बेलेले बेल्जियमका लागि ८२ खेलमा ५ गोल गरेका थिए ।
डेम्बेलेद्वारा सन्यास घोषणा







-1766593825391.webp&w=3840&q=75)




-1766583817323.jpg&w=3840&q=75)
